सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित योजनामध्ये अधिकांश योजना कार्यान्वयन भई निर्माण सम्पन्न हुने चरणमा पुगेको जनाएको छ ।
साउन–भदौदेखि प्रारम्भिक चरणको काम सुरु गरी दसैं अगावै बोलपत्र आह्वान गरिएका कारण समयभित्रै अधिकांश आयोजना सम्पन्न हुने चरणमा पुगेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख उद्धव श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख श्रेष्ठले भने, ‘बाँके र बर्दिया कार्यक्षेत्र रहेको कार्यालयबाट चालु आवका अधिकांश आयोजनाहरूको काम सम्पन्न हुने चरणमा पुगेको छ ।’ योजनाको काम सम्पन्न भएकामध्ये केही आयोजनाको भुक्तानीको काम समेत सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
हालसम्म करिब ३० प्रतिशत प्रगति भएको जनाउँदै कार्यालयले योजनाहरुको अन्तिम चरणको काम भइरहेकाले अनुगमन र भुक्तानीको कार्यलाई तीव्रता दिएको जनाएको छ । चालु आवमा सामाजिक विकास डिभिजन अन्तर्गत अधिकांश योजना सामुदायिक विद्यालय, क्याम्पस र खेल मैदानका करिब २०० भन्दा बढि योजना छन् ।
अधिकांश योजना कार्यान्वयन भई निर्माणको अन्तिम चरणमा रहे पनि निर्माण स्थान अभाव, जग्गा अभाव लगायतका कारण केही योजनाको काममा भने ढिलाइ भएको र असारभित्रै निर्माण सम्पन्न गराउन समन्वय र सहकार्य भइरहेको कार्यालयका सूचना अधिकारी समेत रहेका लेखा अधिकृत सञ्जिवकुमार मण्डलले जानकारी दिए । बाँके र बर्दियामा चालु आवमा सामाजिक विकास डिभिजन कार्यालय अन्तर्गत विकास बजेट करिब ३२ करोड रुपैयाँको रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके