बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताए ।
उनीमाथि मदिरा खाएर मङ्गलबार कार्यालयमा नगर प्रमुख छविलाल थारु र नगर उपप्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । नगर प्रमुख छविलाल थारुसहितको टोलीले जिल्ला प्रहरी कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई अभद्र व्यवहारको मुद्दा गर्दा गर्न आवेदन दिएको प्रहरी उपरीक्षक खनालले बताए ।
अत्यधिक मदिरा सेवन गरेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले नगरपालिकाको कार्यालय पुगी उपप्रमुख रत्नकुमारी पाण्डेलाई उपप्रमुखकै कार्यकक्षमा पुगेर गाली गर्दै हातपातको प्रयास गरेपछि इलाका प्रहरी कार्यालयले मंगलबार नै पक्राउ गरेर साँझ ‘जिम्मा जमानत’मा छाडेको थियो ।
उपप्रमुख माथि हातपात गर्ने प्रयास गरेपछि उनलाई अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दै मुद्दा दायर गरिएको बारबर्दिया नगर प्रमुख थारुले बताए । आचार्यले भने पावर टेलर खरिदमा नगर प्रमुखले पाँच लाख कमिसन नपाएको झोकमा प्रहरी बोलाएको आरोप लगाएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बर्दिया