नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद)को अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले आज एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : २०८१ चैत १७ गते आइतबार
सत्यपाटी