गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ‘संयुक्त जनआन्दोलन समिति’का ‘जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको अभिव्यक्ति दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएको हुँदा सुरक्षित बसेको बताएका हुन् ।
प्रसाईंले भने, ‘म भागेको छैन र म भाग्दिन पनि । पुलिस प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोन्जालोज बनाएर यो आन्दोलनलाई दबाउने कोसिस गरिएको छ । म सुरक्षित मात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि म सुरक्षित ठाउँमा बसेका छु । म नेपाल र नेपालीलाई छाडेर भाग्दिँन । म भाग्नलाई जन्मेको हैन । म झुक्नलाई जन्मेको हैन । बरु म मर्छु तर तपाईंहरुको अगाडि नै मर्छु ।’
प्रसाईंले तीनकुने घटनाबारे यथार्थ बुझिदिन आग्रह गर्दै पत्रकारलाई जिउँदै आगो लगाइएको, घरमा प्रहरीहरु तैनाथ राखिएको विषयमा सत्यतथ्य बाहिर ल्याइदिन पनि अनुरोध गरे । उनले कसैलाई गोली हान्न, घरमा आगो लगाउन, निजी सम्पत्ति तोडफोड गर्न, सुरक्षाकर्मीमाथि जाइलाग्न आदेश नदिएको जिकिर पनि गरेका छन् ।
उनले भनेका छन्, ’बरु एयरपोर्ट कब्जा गरौं । संसद् भवन कब्जा गरौं तर मान्छेका घरमा आगो लगाउने, तोडफोड गर्ने काम नगर साथीहरु भनेर भनेको छु । जुन घटना भएको सोप्रति भने म दुःख व्यक्त गर्न चाहान्छु ।’ तीनकुने घटनामा पाँच जनाको मृत्यु भएको दाबी गर्दै प्रसाईंले बाँकीको मृत्युको विवरण पनि सार्वजनिक गर्न सरकारलाई आग्रह गरे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं