स्थानीय बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइबार सुनको मूल्य छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ चैत १७ गते आइतबार
सत्यपाटी