सूचनाको शक्ति - The Power Of Information

        

आज निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ चैत ११ गते सोमवार, २४ मार्च २०२५ । चैत्र कृष्णपक्ष दशमी तिथि । उत्तराषाढा नक्षत्र । चन्द्रराशि धनु, ६ः२५ बजेपछि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर दिलाउनेछ । काम देखाएर फाइदा लिने समय छ । शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला । मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । तर परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामकै लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा सजग रहनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्य पाइनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । मिहिनेतले छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला । अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । शुभचिन्तकहरू टाढिन सक्छन् । अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । व्यापारमा समेत कम मात्र फाइदा हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला । निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुने समय छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार ०६:२१

लोकप्रिय