जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा अत्याधिक समस्या आउन थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । संसारको छाना र एशियाको पानीको टावर भनिने हिमालय क्षेत्रको पानीले झन्डै डेढ अर्ब मानिसको जीवनयापनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
हिमालमा रहेका बरफ र हिमनदीले जलाशयको रूपमा काम गर्दै आएका छन् । तर तापक्रम बढेसँगै यसमा असर परेको हिमनदी विज्ञ डा.मोहनबहादुर चन्दले बताए । वैज्ञानिक अनुसन्धान अनुसार सन् २०५० सम्ममा हिमालयका एक तिहाइ हिमनदीको अस्तित्व सकिने खतरा छ ।
यसका कारण, नदीहरूको पानीको प्रवाहमा कमी आउने र वर्षायाममा पानीको अभाव हुने डर छ । यसले तटीय क्षेत्रमा कृषिमा असर पुर्याउने, जल स्रोतमा समस्या आउने र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने सम्भावना बढेको छ ।
समस्या आउनेतर्फ सचेत गराउँदै विज्ञहरुले समयमै जल व्यवस्थापन र संरक्षणका उपाय अपनाउन, पानी बचतका उपायहरूसँगै जल पुनर्चक्रण प्रविधि र वर्षाको पानी सङ्कलनलाई प्राथामिकता दिन सुझाव दिएका छन् ।
यस्तै पहाडी क्षेत्रका समुदायलाई जलवायु परिवर्तनको प्रभाव र जल सङ्कटका बारेमा सचेत गराउन र उनीहरूलाई पानीको सतर्क प्रयोगमा शिक्षित गराउन विज्ञहरुको सुझाव छ ।
हिमालय क्षेत्रमा देखिएको समस्यालाई ख्याल गरेर यस वर्षको विश्व जल दिवस पनि हिमनदी संरक्षण भन्ने मुल नाराका साथ मनाइदैछ । हरेक वर्ष मार्च २२ तारिखमा मनाइने विश्व पानी दिवसअन्तर्गत आज नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं