२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

कांग्रेस सांसदले पर्यटक ल्याउन यौन व्यवसाय चलाउनुपर्छ भनेपछि…

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ चैत ४ गते सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले नेपालमा यौन व्यवसाय सरकारले नै चलाउने दिन लागेको हो भन्दै प्रश्न गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा उनले अघिल्लो दिन (आइतबार) नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राखेको प्रस्तावप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

सिंहले भने, ’देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउन, त्यो पनि ज्यादा खर्च गर्ने पर्यटक ल्याउनका लागि यौन पर्मिट लाइसेन्स ल्याउनुपर्छ भन्नुभएको छ एउटा जिम्मेवार सरकारको माननीयज्यूले । यो व्यवसाय, वेश्यालय, कोठी चलाउने, सरकारले नै चलाउन दिन लागेको त होइन ?’

उनले नेपाल देवभूमि भएको पनि बताए । सिंहले भने, ’यो देश देवभूमि हो, माता सीता र भृकुटीको हो । यो देवी पूजनको भूमि हो । यो देश बुद्ध जन्मेको भूमि हो । यही दिनका लागि गणतन्त्र ल्याएको हो? यही दिनका लागि राजा फ्याँकेको हो ?’ आइतबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद घिमिरेले पर्यटक भित्र्याउन नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार