२०८३ वैशाख १० , बिहीबार 24, April 2026, Friday

५० वर्षदेखि बिजुक्छे नै नेमकिपाको अध्यक्ष, फेरि चुनिए सर्वसम्मत

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ फागुन २१ गते बुधबार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् । नेमकिपाको मंगलबार सम्पन्न आठौँ महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

२०३१ साल माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजुक्छे सर्वसम्मत अध्यक्ष रहँदै आएका छन् । महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई सर्वसम्मत चयन गरेको छ ।

यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, सुरेन्द्रराज गोसाइँ, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल,सर्वसम्मत चयन भएका छन् ।

यस्तै हरिसुन्दर बासी, राजवीर डंगोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छे, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।

प्रकाशित मिति : २०८१ फागुन २१ गते बुधबार