सूचनाको शक्ति - The Power Of Information

        

त्रिविको स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो । आज संघ, संगठन तथा समूह दर्ताको कार्यक्रम राखिएको छ ।

निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि सङ्ग सङ्गठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नुपर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षरसहित आफ्नो संघ, सङ्गठनको समिति तथा कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ । आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुई जनाको विद्यार्थी परिचय पत्र पेस गर्नुपर्नेछ ।

त्यस्तै, संघ, सङ्गठन तथा समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष, सभापति, संयोजक, प्रमुखको पत्र सहित नाम र फोन नम्बर समेत अनिवार्य उल्लेख गर्नुपर्नेछ । समूह दर्ता गर्ने भएमा संयोजकसहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार ०७:४७

लोकप्रिय