सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन् । बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन् । यो बढुवा सिफारिसमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्छन् । तर, फौजी संगठनमा बढुवा–सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू प्रायः छैनन् ।
यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन् । उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए । अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए । पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका थिए ।
बढुवामा परेकामध्ये कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका ज्वाइँ नातामा पर्छन् । कुँवर देउवाका स्वकीय सचिव भानुका बहिनी–ज्वाइँ हुन् । बढुवामा सिफारिस भएका ढकाल पहिलो ब्याचका हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचका हुन् । कुँवर यसअघि एसएसपी बढुवा हुँदासमेत पहिलो नम्बरमा परेका थिए । उनले बढुवामा अस्वाभाविक छलाङ मारेको आरोप लाग्ने गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं