कुखुराको अण्डाको मूल्यमा गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार शुक्रबारबाट प्रतिक्रेट ३० देखि ३५ रुपैयाँले मूल्य समायोजन गरिएको हो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बिहीबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य अनुसार अब मध्यम अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठूलो अण्डा ३७० रुपैयाँ र एक्स–एल अण्डा ३८५ रुपैयाँमा उपलब्ध हुनेछ ।
यसअघि ठूलो अण्डाको मूल्य ४००, मध्यम ३८५ तथा एक्स–एल ४१५ रुपैयाँ प्रति क्रेट थियो । मूल्य समायोजनसँगै उपभोक्ताले केही राहत पाउने अपेक्षा गरिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं