नेपाल सरकारको सेवामा रहेका र भ्रष्टचारको आरोप लागेका ३३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिने गरी उजुरी तामेलीमा राखेको छ । आयोगमा पनि नेपाल सरकारका कर्मचारीहरु हुने भएकाले त्यहाँ परेका उजुरीलाई कुनै न कुनै रुपमा तामेलीमा राख्ने कानुनी प्रावधानमा टेकेर ३३ जनालाई उन्मुक्तिको तयारी भएको हो ।
अख्तियारभित्र उनीहरुलाई भाग्यमानी कर्मचारीको सूचीमा राखेर चर्चा गर्न थालिएको छ । अख्तियार स्रोतले दिएको जानकारी अनुसार नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक (एमडी) सुरेन्द्र पौडेलदेखि पशु सेवा विभागकी उपमहानिर्देशक डा.सुलोचना श्रेष्ठले स्रोत नखुलेको (अकूत) सम्पत्ति आर्जनको उजुरीलाई तामेलीमा राखेको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल पनि यही मेसोमा परेका छन् । सुरेन्द्र पौडेलविरुद्ध उदपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक हुँदा गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अख्तियारमा उजुरी परेको थियो । पशु सेवा विभाग हरिहर भवनमा कार्यरत सहसचिव सुलोचना श्रेष्ठलाई पशु ल्याब, अस्पतालको इक्विपमेन्ट र निर्माणको खरिदमा कमिसन लिई करोडौं रुपैयाँ भ्रष्टाचार आरोप थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्राल, सिंहदरबारबाट सेवानिवृत्त भएका सहसचिव डा. लोकनाथ पौडेलले सार्वजनिक सेवामा रहँदा गैरकानुनी कार्यहरूमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप थियो । खानेपानी तथा ढल निकास विभागको सुईबाट अवकाश प्राप्त नन्दलाल बन्जाडे, सडकका सिडिई अमृतमणि रिमाल र केदारप्रसाद नेपालविरुद्ध अख्तियारमा गैरकानुनी सम्पत्ति आर्जनको विषयमा परेको उजुरी पनि तामेलीमा परेको स्रोतको दाबी छ ।
भ्रष्टाचारी ठहर भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एर ट्राफिक कन्ट्रोल अफिसर उपसचिव प्रमोद नेपालदेखि आन्तरिक राजस्व कार्यालय कालिमाटी, काठमाडौंका प्रमुख कर अधिकृत बोलराज आचार्य पनि भाग्यमानीकै सूचीमा दर्ज भएका छन् । राजस्व अधिकृत निरद रेग्मी, भन्सार अधिकृत लक्ष्मण बाँस्तोला, आन्तरिक राजस्व कार्यालय ललितपुरका नायबसुब्बा भक्तिप्रसाद तिमिल्सिना, अध्यागमन अधिकृत कुमार पोखरेलसम्मले पनि राहत महसुस गरेका छन् ।
महालेखा नियन्त्रक कार्यालय, अनामनगरका तत्कालीन उपसचिव गणेशप्रसाद उपाध्याय (चालिसे), सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्र, नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम र सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन इन्जिनियर जगदीशप्रसाद साहलाई उन्मुक्तिको तयारी छ ।
मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत रघुवंश कँडेल, मालपोत कार्यालय ललितपुरका नायबसुब्बा गुरुप्रसाद भट्ट, खरिदार प्रदीप पौडेल र मालपोत कार्यालय पर्साको कार्यालय सहयोगी नीरजकुमार गुप्ता, यातायात व्यवस्था कार्यालय, सानाठूला सवारी एकान्तकुनाका सिनियर इलेक्ट्रोसियन रूपकप्रसाद गुरागाईँ, यातायात कार्यालय पर्साका अविन्दर दास, नेपाल विद्युत् प्राधिकरण, बालाजु वितरण केन्द्रका तत्कालीन सुपरभाइजर सुमन श्रेष्ठको को अकूतको उजुरीलाई कुनामा फालिएको छ ।
त्यसैगरी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय, मोरङका अधिकृत छैटौँ सुवासकुमार कोइराला, रौतहट राजपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एजाजुल हक खाँले, डिभिजन सडक पोखराका तत्कालीन इन्जिनियर पवित्रमणि आचार्यको अकूतको उजुरीलाई कुनामा फालिएको छ । यसैगरी नेपाल प्रहरीका सेनानिवृत्त डिएसपी दानसिंह मडै, बर्खास्तमा परेका प्रहरी सहायक निरीक्षक जन्म अधिकारी र नापी कार्यालय, पोखराका सर्वेक्षक सन्तोष भण्डारीले पनि उन्मुक्ति पाउने अख्तियारका एक कर्मचारीले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं