देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो । बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बाँकी पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।
विभागका अनुसार बाँकी भूभागमा भने आंशिक बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । दिउँसो वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए । ‘दिउँसो २–३ बजेपछि काठमाडौंमा वर्षाको सम्भावना छ । दिनभर काठमाडौंमा बदली हुनेछ,’ उनले भने, ‘दिनभर बदली हुने भएकाले जुनसुकै बेला काठमाडौंमा हल्का वर्षा हुनसक्छ । यद्यपि, २–३ बजेपछि वर्षाको बढी सम्भावना छ ।’
वाग्मती प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना छ । नुवाकोट र रसुवाको पहाडी भूभागमा वर्षा हुने उनले बताए । काठमाडौंमा आज चिसो हुनेछ । बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १८ देखि २० डिग्री सेल्सियससम्म रहने मौसमविद् अर्यालले जानकारी दिए ।
‘काठमाडौंमा बदली र वर्षाको सम्भावना रहेकाले चिसो हुनेछ,’ उनले भने । राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं