राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीबाट पीडित भएकाको उद्धारका लागि भैरहेको असमानताप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
शनिबार पोखरामा बेलुन पड्किएर त्यसको जलनबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटना र काठमाडौंकै कमलपोखरीस्थित शानदार मम सेन्टरमा आगलानी भएको घटनालाई स्मरण गराउँदै उनले आइतबार प्रतिनिधि सभामा आपत्ति जनाएकी हुन् ।
‘अस्ति भर्खर शान्दार मममा ग्याँस विस्फोट हुँदा, सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ,’ सांसद कंसाकारले भनिन्, ‘थिङ्क सेफ्टी, डु सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सीमित हुनुभएन ।’
प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार
सत्यपाटी