सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदी तोलामा एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतवार ११:४२

लोकप्रिय