सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टीतेलको घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा ३.५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी २०२५ (मिति २०८१–११–०४)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले बढाइएको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो । अब पेट्रोलियम पदार्थको मूल्य निम्न बमोजिम हुनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतवार ०८:४८

लोकप्रिय