अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् । शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
समाचारमा बताइए अनुसार आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको हो । बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ ।
बोस्टनको अदालतले कर्मचारीलाई निस्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो । अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो । ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न भनेर संघीय कर्मचारीहरुलाई इमेल पठाएको थियो ।
स्वेच्छिक राजीनामा गर्दा आगामी सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन दिइएको छ । त्यसरी इमेल पठाइएकामध्ये ७५ हजार कर्मचारीले राजीनामाको प्रस्ताव स्वीकार गर्दै इमेलको जबाफ फर्काएको समाचारमा जनाइएको छ । अमेरिकामा २३ लाख संघीय कर्मचारी रहेको बतान्छ ।
ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि कर्मचारी प्रशासनको आकार घटाउने उद्घोष गरेका थिए । त्यसको नियमन गर्न सरकारी दक्षता विभागका प्रमुख इलन मस्कलाई जिम्मेवारी दिएका थिए । त्यससँगै ट्रम्पले कर्मचारी कटौतीको विषयमा मस्कसँग मिलेर काम गर्न अमेरिकी एजेन्सीहरूलाई निर्देशन दिँदै कार्यकारी आदेश जारी गरेका थिए । बर्खास्तीमा परेका कर्मचारीहरूले आफूहरू राज्यको धोखाधडीमा परेको गुनासो गरेको रोयटर्सले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं