नेपाली शान्ति सैनिकमाथि बेरुतमा आक्रमण भएको छ । आक्रमणमा सेनाका उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । गएराति १२ बजे लेबनानको राजधानी बेरुतनजिक यूएआईएफआईएल मिसनका डेपुटी फोर्स कमान्डर उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीको भिडले रोकी तोडफोड गरेको थियो ।
तोडफोडका क्रममा ढकाल घाइते भएका थिए । ढकाललाई तत्कालै उद्धार गरी तत्काल अस्पताल लगिएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमान्डर ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं