सूचनाको शक्ति - The Power Of Information

        

सात महिनामा डेढ लाख बढी सवारी लाइसेन्स छापियो

यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) मा यातायात व्यवस्था विभागले डेढ लाख सवारी लाइसेन्स छापेको छ । माघ मसान्तसम्म एक लाख ६९ हजार ४३९ थान लाइसेन्स (स्मार्ट कार्ड) प्रिन्ट गरी वितरण गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

साथै यो अवधिमा सवारी चालक अनुमति पत्र क्युआर कोड भएको लाइसेन्स उपलब्ध गराउने नियमावलीमा व्यवस्था गरेको छ । यसैगरी विभागले सवारी साधनमा जी.पी.एस.जडान कार्य निरन्तर रूपमा अगाडि बढाएको छ । यस्तै माघ मसान्तसम्ममा ३७ हजार ९५४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरेको छ भने सात हजार ४७६ थान जडानका लागि यातायात कार्यालयहरूमा वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार ११:३६

लोकप्रिय