सूचनाको शक्ति - The Power Of Information

        

आज फागुन १ गतेको राशिफल : मेष र सिंहलाई अवसर

२०८१ फागुन १ गते, बिहीवार, १३ फेब्रुवरी २०२५ । फाल्गुण कृष्णपक्ष प्रतिपदा तिथि । मघा नक्षत्र । चन्द्रराशि सिंह ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुख–सुविधा प्राप्त हुनेछ । घरेलु प्रयोजनका विशेष सामान जुटाउन सकिनेछ । पशुधन र कृषि–व्यवसायतर्फ मनग्य लाभ हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । नयाँ काम थाल्नुअघि परिस्थितिबारे राम्ररी अध्ययन गर्नुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ । छोटो समयमा फाइदा लिन सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारले फाइदा दिनेछ । तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ । व्यावसायिक कर्मले गति लिनेछ । मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

केही पाउन केही वस्तु त्याग्नुपर्ला । यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सापट वा कर्जामार्फत धन जुट्नेछ । तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ । तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले बिस्तारै उपलब्धि पनि दिलाउनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । तत्काललाई नभए पनि पछि फाइदा हुने काम हातपार्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ । यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । मिहिनेतले काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । सानो गल्तीले हर्जाना तिराउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ । अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ । बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार ०७:१९

लोकप्रिय