दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गुराँस गाउँपालिका–०६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरूबाट अख्तियारले बुढासहित, इन्जिनियर सरोज दाहाल, सव–इन्जिनियर नविनकुमार विसी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख अधिकृत छैटौँ मदन प्रकाश मल्ल लगायतसँग १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो र सजायको मागदाबी लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दैलेख