रैथाने कथा र बाँकेको समग्र आख्यानबारे आज नेपालगन्जमा व्यापक चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य विभागको आयोजना र सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको संयोजनमा शनिबार नेपालगन्जमा आयोजित बाँके आख्यान महोत्सवमा आख्यानका विविध पाटोमा समिक्षात्मक चर्चा गरिएको हो ।
साहित्यकारहरु सनत रेग्मी, किरण आचार्य, बिष्णु कमाल, शेखर दहितसँग लेखक तथा पत्रकार शुक्रऋषि चौलागाईले रैथाने कथाका विविध पाटोमा रहेर सहजीकरण गरे । रैथाने समुदायमा कैयौं विषयहरु भए पनि सशक्त र प्रभावकारी रैथाने कथा किन लेखिएनन्, रैथाने समुदायबाटै कथाकार कसरी उत्पादन गर्ने लगायतका सवालजवाफसँगै अन्तरक्रिया गरियो । बाँके जिल्लाका निबन्ध, निबन्धकार र लेखनीमा साहित्यकार पुष्कर रिजालले प्रवचन दिएका थिए ।
त्यस्तै समग्र आख्यानको अवस्था, सुधार गर्नुपर्ने पक्ष लगायतमा ईश्वरी प्रसाद रिजालले प्रवचन दिए । कस्तो कथा लेख्ने बहसमा सनत रेग्मी, धनप्रसाद सुवेदी र अमर न्यौपानेसँग सहजकर्ता सुमित्रा न्यौपानेले सहजीकरण गरे । यसअघि महोत्सवको उदघाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले स्थानीय आख्यान लेखन सशक्त र प्रभावकारी बनाउन साहित्यिक संस्थाहरु पनि संगठित हुनुपर्ने आवश्यकतामा जोड दिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान गद्य विभाग प्रमुख अमर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ महानन्द ढकाल र खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.ईन्द्र भण्डारीले पनि आख्यान लेखन गुणस्तरिय बनाउन स्रष्टा स्वयं जागृत हुनुका साथै कार्यशाला लगायतका कार्यक्रम र अभियान गर्नुपर्नेमा पनि जोड दिए । स्रष्टा जितबहादुर शाहद्धारा सञ्चालन गरिएको कार्यक्रमको स्वागत मन्तव्य सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्जका अध्यक्ष सशीराम कार्कीले गरेका थिए । कार्यक्रममा जिल्लाका विशिष्ठ साहित्यिक स्रष्टाहरुको सहभागिता थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके