सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढेको छ । केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५३ रुपैयाँ १२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ १९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६३ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८९ पैसा र बिक्री दर ०८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा, डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६० रुपैयाँ ३६ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.14 138.74
eur (European Euro)
1 144.05 144.68
gbp (UK Pound Sterling)
1 171.78 172.53
chf (Swiss Franc)
1 152.46 153.12
aud (Australian Dollar)
1 86.32 86.69
cad (Canadian Dollar)
1 95.86 96.28
sgd (Singapore Dollar)
1 102.19 102.63
jpy (Japanese Yen)
10 8.89 8.93
cny (Chinese Yuan)
1 19.05 19.13
sar (Saudi Arabian Riyal)
1 36.83 36.99
qar (Qatari Riyal)
1 37.89 38.05
thb (Thai Baht)
1 4.08 4.10
aed (UAE Dirham)
1 37.61 37.77
myr (Malaysian Ringgit)
1 31.45 31.58
krw (South Korean Won)
100 9.56 9.60
sek (Swedish Kroner)
1 12.55 12.61
dkk (Danish Kroner)
1 19.30 19.39
hkd (Hong Kong Dollar)
1 17.73 17.81
kwd (Kuwaity Dinar)
1 447.98 449.93
bhd (Bahrain Dinar)
1 366.42 368.01
omr (Omani Rial)
1 358.81 360.36

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ०९:०६

लोकप्रिय