सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा अवैध आप्रवासी पक्राउ तीव्र, एकैदिन १७ सय बढि पक्राउ

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिए लगत्तै अवैध आप्रवासीलाई पक्राउ अभियान तिव्र पारिएको छ । जस अन्तर्गत सोमबार मात्रै कागजात नभएका एक हजार ७४९ आप्रवासीहरूलाई पक्राउ गरिएको छ ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन विभागले सोमबार सो संख्यामा कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको बताएको छ । यस अघि आइतबार पनि सोहि हाराहारीमा पक्राउ गरिएको थियो । आईसिइले गत आइतबार ९५६ वटा यस्ता गिरफ्तारी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १०:०१

लोकप्रिय