रूकुम पश्चिममा प्रेम विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत फेला भेटिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर घरभित्र मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी ऋषि पाठकका अनुसार सपना र लोकन्द्र चार दिनअघि विवाह गर्ने भन्दै घरबाट भागेका थिए । स्थानीयले सोधिखोजी गर्दा उनीहरु शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए ।
प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन् । उनका बुबाले श्रीमतिलाई उपचारका लागि नेपालगन्ज लगेका थिए । त्यही समयमा घरमा यस्तो घटना घटेको हो । मृतकका बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । रूकुम पश्चिम