पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल नेपालगन्जस्थित भेरी अस्पतालले स्वास्थ्य बिमाबापतको रकम नपाउँदा बिरामीको उपचारमा समस्या आउन थालेको जनाएको छ । सरकारको स्वास्थ्य बिमा बोर्डले अस्पताललाई हालसम्म भुक्तानी गर्नुपर्ने १० करोड रुपैयाँ भुक्तानी नगर्दा समस्या आएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.नीराजन सुवेदीले बताए ।
उनका अनुसार बिमा बोर्डले अस्पताललाई पठाउनुपर्ने गत आर्थिक वर्ष २०८०–०८१ को वैशाख, जेठ र असार महिनाको चार करोड रुपैयाँ र चालु आव २०८१–०८२ को साउनदेखि पुससम्मको करिब ६ करोड रुपैयाँ गरी १० करोड रुपैयाँको भुक्तानी रोकिएको छ । अस्पतालले बोर्डबाट हालसम्म पाउनुपर्ने बिमाबापतको करिब १० करोड रुपैयाँ नपाउँदा बिरामीको उपचार प्रभावित भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीले बताए ।
स्वास्थ्य बिमाका कारण अस्पतालमा बिरामीको चाप बढे पनि बिमाको रकम भुक्तानी नपाउँदा अस्पताल चलाउन समस्या भइरहेको उनले बताए । बिमाबापतको रकम भुक्तानी नपाउँदा औषधी, केमिकल लगायत सामान ढुवानीकर्तालाई भुक्तानी दिन नसकेको बताउँदै उनले ढुवानीकर्ता (सप्लायर्स) ले नियमित रूपमा आवश्यक सामान उपलब्ध गराउन नसकेको बताए । सरकारले स्वास्थ्य बिमा लागु गर्दा गरिब तथा विपन्न समुदायलाई राहत मिलेको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले बिमा लागु गरिएपछि अस्पतालमा आएर छुट माग्नेहरू पनि घट्दै गएका बताए । बिमा बोर्डले वार्षिक तीन हजार ५०० रुपैयाँमा स्वास्थ्य बिमा गराएबापत परिवारका पाँच सदस्यलाई एक लाख रुपैयाँ बराबरको उपचार सुविधा दिँदै आएको छ । अस्पतालले स्वास्थ्य बिमा सम्बन्धी छुट्टै काउन्टर राखेको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई अस्पतालले व्यवस्थित गर्दै लगेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके