भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने सात नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाउने सात नेपालीको विवरण सार्वजनिक गरेको हो ।
मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राढ रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै दुर्घटनामा थप चार जना नेपाली घाइते समेत भएका छन् । घाइतेमध्ये चार जनाको स्थानीय अस्पताल र एक जनाको गम्भीर अवस्थामा जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं