सर्जक रतन देवकोटाले कर्णालीको दुःख, पीडा र यथार्थलाई समेटेर नयाँ गीत बजारमा ल्याएका छन् । ‘देश छोड्नेको लर्को’, ‘हिरुलाल’ जस्ता आधा दर्जनभन्दा बढी गीत ल्याएर चर्चा कमाएका देवकोटाले हुड्केको भाकामा ‘जदौ हजुर’ बोलको गीतमार्फत कर्णालीको दुःखलाई भिन्न तरिकाले प्रस्तुत गरेका हुन् ।
गीतमा शब्दसहित संगित र स्वर देवकोटाकै रहेको छ । गीतको भिडिओमा देवकोटासहित मिलन कार्की लगायतको अभिनय छ । भिडिओको कन्सेप्ट र निर्देशन देवकोटा स्वयंले गरेका छन् । सौरभ लामिछनेको डिओपी रहेको भिडिओको सम्पादन र सिनेम्याटोग्राफी सुशील खनालले सम्हालेका छन् ।
‘जदौ हजुर’ बारे देवकाटा भन्छन्, यो केवल एउटा सांगीतिक प्रस्तुति मात्र होइन । कर्णालीका जनताको संघर्ष र यथार्थलाई उजागर गर्ने कलात्मक प्रयास भएको हो । हुड्केको भाकामा पस्कीएका गीतका शब्दहरूले भोक, अभाव, र विभेदको कथा बोलेका छन् ।’
कर्णालीका भौगोलिक कठिनाइ, सरकारको उदासीनता, र जनताको निस्सहायतालाई गीतले मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ । कर्णालीको सांस्कृतिक बाजा, भेषभूषा, र हुड्केको प्रस्तुतिलाई केन्द्रमा राखिएको गीतले कर्णाली अझै मोटरबाटो र औषधिको खोजीमा रहेको यथार्थलाई समेत चित्रण गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं