प्यालेस्टाइनी लडाकु समूह हमासले रिहा गर्ने तीन बन्धकको नाम इजरायल पठाएको छ । हमासले रिहा गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासले रोमी गोनेन, इमिली दामरी र दुरुन स्टेनब्रीचरलाई रिहा गर्ने जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्ने बन्धकको नाम नपठाउँदासम्म गाजामाथि आक्रमण नरोक्ने बताएका थिए । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि २५१ जनालाई बन्धक बनाएर आफ्नो साथमा लगेको थियो ।
२५१ बन्धकमध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को नोभेम्बर २४ देखि ३० सम्म भएको युद्धविरामका क्रममा हमासले १०९ बन्धक रिहा गरेको थियो । इजरायली सेनाले आठ बन्धकको उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेका मध्ये ३७ बन्धक मृत फेला परेका थिए ।
इजरायली सेनाको आक्रमणमा परेर तीन बन्धकको मृत्यु भएको थियो । हमासको नियन्त्रणमा हाल ९४ बन्धक छन् । इजरायली सरकारका अनुसार, ९४ मध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जना मात्र जीवित अवस्थामा हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि आफ्नो कब्जामा राखेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं