राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनालाई अभियुक्त बनाउँदै रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा आइतबार मुद्दा दर्ता गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लामिछानेसहित ४२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले जानकारी दिइन् ।
सुप्रिम सहकारीमार्फत लामिछानेका नाममा दुई करोड रुपैयाँ लिएको भौचर भेटिएको थियो । काठमाडौं र कास्की जिल्ला अदालतबाट यसअघि लामिछानेलाई धरौटीमा छाड्ने आदेश भइसकेको छ । रुपन्देहीबाहेक उनीविरुद्ध चितवन र पर्सामा मुद्दा दायर हुन बाँकी छ । चितवन प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाइसकेको छ । पर्सामा भने प्रहरी अनुसन्धान जारी छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं