इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका निम्ति सहमति भएको जनाएको छ । बिहीबार प्रधानमन्त्री नेतान्याहूले युद्धविराम सम्झौतामा मन्त्रिपरिषद्को मतदान स्थगन गरेका थिए ।
उनले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए । शुक्रबार बिहान नेतान्याहूको कार्यालयले वार्ताका निम्ति गठित टोलीले नेतान्याहूलाई सम्झौता भएको जानकारी गराएको जनाएको छ । नेतान्याहूको कार्यालयले शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाउन आदेश दिएको जनाएको छ ।
उक्त बैठकबाट सम्झौता अनुमोदन गरिनेछ । बन्धक बनाइएकाहरूका परिवारलाई यसबारे जानकारी गराइएको छ । इजरायली मिडिया रिपोर्टका अनुसार, इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन् । बुधबार अमेरिका र कतारले युद्धविराम सम्झौताबारे जानकारी दिएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं