२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

हिमपातले हुम्ला र मुगु सेताम्य

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८१ माघ ३ गते बिहीबार
हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपात । हिउँ परेर अत्याधिक चिसो बढे पनि यहाँका स्थानीयवासी चिसोको पर्वाह नगरी हिँडिरहेका छन् । तस्वीर : दाने बोहरा । रासस

हिमपातका कारण हुम्ला जिल्ला सेताम्य बनेको छ । हुम्लामा बिहानैदेखि हिमपात भएको छ । हिउँपर्ने क्रम रोकिएको छैन । उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । कर्णाली प्रदेशका हुम्लासहित मुगु लगायतका अन्य जिल्लामा पनि हिमपात भइरहेको स्थानीय प्रशासनले जनाएको छ । मुगुको ताल्चा क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहीबार बिहानैदेखि सो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

प्रकाशित मिति : २०८१ माघ ३ गते बिहीबार