सूचनाको शक्ति - The Power Of Information

        

फेरि अर्की गर्भवतीको ज्यान गयो

दार्चुलामा अर्की एक गर्भवतीको प्रसूतिका क्रममा मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–१, आरुखोरकी २५ वर्षीया द्रौपती जागरीको मंगलबार राति साढे नौ बजे मृत्यु भएको हो ।

घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्य चौकी पुग्नासाथ आमा र पेटको शिशुको समेत मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले जानकारी दिए । द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन् ।

स्वास्थ्य चौकी पुर्याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएको उनले बताए । स्वास्थ्य चौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीको भनाइ छ ।

अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र विद्युत् सेवा नपुगेको पालिका हो । गएको सोमबार बझाङको केदारस्युँ गाउँपालिका–१ की २२ वर्षीया गर्भवतीको प्रसूतिका निम्ति स्वास्थ्य चौकी जाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार २०:०६

लोकप्रिय