२०८३ साउन ३ , आइतबार 20, July 2026, Monday

प्रीतिलाई ‘घरको यादले’ सताएपछि…

सत्यपाटीसत्यपाटी । सिड्नी । २०८१ पुस २८ गते आइतबार

गायिका प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’ बजारमा ल्याएकी छन् । उनी उच्च शिक्षा अध्ययनका क्रममा हाल अस्ट्रेलियाको सिड्नीमा छिन् । परदेशीका पीडा र भावना समेटिएको यो गीतमा कविन्द्र तामाङको शब्द र संगीत छ । अर्पण थिङले एरेन्ज गरेका छन् ।

प्रीति घिमिरे युट्युब च्यानलमा गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘गीत–संगीतप्रतिको मोह विदेशमा आएर पनि छाड्न सकिएन । कहिले स्टेजमा त कहिले लाइभ म्युजिकमा पनि गाइयो,’ प्रीति भन्छिन्, ‘व्यस्त जीवनका बीच मेसो मिलाएर भए पनि केही सिर्जना पस्कने सोचमा अगाडि बढिरहेको छु ।’

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार