सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपालले भने, ‘ओली फेरि संसद् भंग गर्ने सोचमा’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइको पछाडि पुनः संसद् भंग गर्ने चाहना लुकेको हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेपालले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिभित्र संसद् भंग गर्ने चाहना लुकेको हुन सक्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन ०८७ मा मात्र हुन्छ भनेर दिएको अभिव्यक्तिबारे सञ्चारकर्मीले अध्यक्ष नेपालको धारणा मागेका थिए । ‘२०८७ सम्म बस्ने उहाँ (प्रधानमन्त्री ओली)को चाहना होला । चुनावै नगरी बस्ने हो कि ? विगतमा पनि संसद् भंग गरेको मान्छे, फेरि संसद् भंग गरेर ठेलेको ठेल्यै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन,’ उनले भने ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार २०:२९

लोकप्रिय