सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकको रोजाइमा सिरुबारी होमस्टे (तस्वीर कथा)

स्याङ्जाको सिरुबारी नेपालकै पहिलो होमस्टे हो । वि.सं. २०५४ सालमा आदिखोला गाउँपालिका–१ मा सिरुबारी होमस्टे सञ्चालनमा आएको हो । भारतीय सेनाका क्याप्टेन रुद्रमानको परिकल्पना एवं अगुवाइमा होम स्टे शुभारम्भ गरिएको थियो ।

यहाँ बसोबास गर्ने अधिकांश मानिस भारतीय सेनामा कार्यरत रहेका थिए । गुरुङ कुनै बखत भारतीय सेनामा क्याप्टेन हुँदा सिक्किम पुगेका थिए । त्यहाँ उनले होमस्टे देखे । त्यसले उनको मन तानेको थियो । पर्यटक भित्र्याउने नयाँ शैली लागेको थियो ।

त्यसपछि गुरुङले स्याङ्जाको पर्यटकीय विकासमा काम गर्ने सोच बनाए । स्थानीयको सहयोगमा २०५४ मा होमस्टे सुरु भयो । सिरुबारी समुन्द्री सतहबाट १ हजार ६१० मिटर उचाइमा पर्दछ । अहिले सिरुबारीलाई पछ्याउँदै देशका विभिन्न स्थानमा थुप्रै होमस्टे सञ्चानमा छन् ।

सिरुबारी उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये एकमा पर्दछ । कक्षा १० का विद्यार्थीलाई सिरुबारी होमस्टे लगेका काठमाडौंको नयाँ बानेश्वरस्थित भ्यालि भ्यु स्कुलका प्रिन्सिपल सुभाषचन्द्र भण्डारी निकै मनोरम गन्तव्य भएको बताउँछन् ।

गुरूङ जीवनशैली, संस्कृति, आथित्यता र आत्मीयताका त्यहाँको प्रमुख आकर्षण भएको उनले बताए । सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो लर्कन देख्न सकिने उनी बताउँछन् ।

 

प्रकाशित मिति : २० पुष २०८१, शनिबार १८:२१

लोकप्रिय