दुई दिनअघि सार्वजनिक भएको ‘नमस्ते ढोगदिया’ बोलको म्युजिक भिडियो विवादमा आएको छ । रमेश परियारको शब्द एवं कविता खत्री र खेम सेन्चुरीको आवाजमा रहेको उक्त गीतमा ‘‘ढोगदिया’ शब्दको दुरुपयोग गरिएको भन्दै सरोकारवाललाले आपत्ति जनाएका हुन् । शुक्रबार देउडा संस्कृति संरक्षण प्रतिष्ठान धनगढी उपमहानगरपालिका–८, कैलालीले ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको हो ।
‘हाम्रो मौलिकता, संस्कार र भाषा– संस्कृतिलाई होच्याउने गीत–संगीतप्रति खेद प्रकट गर्दै कुनै भूगोल विशेष, क्षेत्र र सम्प्रदाय वा जातजाति तथा समुदायसँग जोडिएको मौलिक, कला, संस्कृति, परम्पराका साथसाथै पूजनीय संस्कार र संस्कृतिलाई अपहेलना गर्ने होच्याउने खालका गीत–संगीतप्रति घोर आपत्ति जनाउँदै सम्बन्धित निकायहरूमा समेत ध्यानाकर्षण गर्दछौँ,’ प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
मौलिकता सभ्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी दुरुपयोग तथा दिन–प्रतिदिन काली–कर्णालीको संस्कारको बेइज्जत हुनेगरी विभिन्न सामाजिक सञ्जालमा प्रकाशन–प्रसारण गरिँदै आएका अपाच्य गीत, संगीत वा सामाजिक सञ्जालमा रहेका विषयवस्तुप्रति पनि प्रतिष्ठानले गम्भीर आपत्ति जनाएको छ । ‘ढोग दिया’ शब्द सुदूरपश्चिम र कर्णाली प्रदेशमा आफूभन्दा सम्मानित व्यक्तिलाई आदर र सम्मानका लागि प्रयोग गर्ने गरिन्छ ।
केही वर्षअघिदेखि टिकटकमा छाएकी ‘मिस पबी’ (पवित्रा साकी)ले यो शब्द प्रयोगमा ल्याउने गरेकी थिइन् । त्यसअघि कर्णाली तथा सुदूरपश्चिममा मात्रै प्रयोग हुने गरेको ‘ढोगदिया’ शब्द पछिल्लो समय भने अर्का टिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंह ठकुरीले चर्चामा ल्याएकी हुन् । आफ्ना छोरा–बुहारीसँगको विवादको विषयमा टिकटकमा प्रस्ट्याउने क्रममा उनले अभिवादनका क्रममा सो शब्द प्रयोग गर्दै आएकी थिइन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं