२०८२ मंसिर २९ , सोमबार 15, December 2025, Monday

शेरबहादुर देउवासहित काँग्रेस नेता कार्यकर्ता माओवादीमा प्रवेश !

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८१ पुस १७ गते बुधबार

कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा (एमाले)बाट ठूलो संख्यामा नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेको केन्द्र, प्रदेश र जिल्ला राजनीतिमा क्रियाशिल कम्युनिष्ट आन्दोलनका संस्थापक नेताहरूसमेत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी कञ्चनपुरका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेमा साविक बाइसे बिचवा गाविसका पूर्वगाविस अध्यक्ष भक्त बहादुर अधिकारी, साविक कृष्णपुर गाविसका पूर्वगाविस अध्यक्ष जयराज पाण्डे, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लालझाडी गाउँपालिका इन्चार्ज पदम ओझा, साविक बाइसे बिचवा गाविस उपाध्यक्ष टेकबहादुर बानियाँ लगायतका उच्च तहका नेताकार्यकर्ताहरु रहेका छन् ।

त्यस्तै, नेपाली काङ्ग्रेसको सक्रिय राजनीति गरेका राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शेरबहादुर देउवा र कृष्णपुर नगरपालिका वडा नं.१ निवासी इन्द्रबहादुर साउद लगायत सयौं संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका छन् ।

प्रकाशित मिति : २०८१ पुस १७ गते बुधबार