राजनीतिक खिचातानीका बीच प्रमुख तीन दलको बैठक पुस २१ गते एकैदिन बस्दैछ । सत्तारुढ दल नेकपा एमाले, प्रतिपक्षी दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएका छन् । संसद्को दोस्रो, तेस्रो र चौथो ठूलो दलले एकैदिन बैठक बोलाएपछि राजनीतिक वृत्त गर्माएको छ ।
केपी ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको गुनासो प्रतिपक्षमा मात्रै नभई सत्तारुढ दल नेपाली काँग्रेसले समेत गरिरहेको छ । प्रधानमन्त्री ओलीको कार्याशौलीप्रति कांग्रसभित्र असन्तुष्टि चुलिएको छ । नेपाली कांग्रेसका नेताहरुलाई सार्वजनिक रूपमै ओलीको कामप्रति प्रश्न उठाइरहेका छन् ।
काँग्रेसका डा.शेखर कोइराला लगायत इतर समूहका नेताहरूले अपेक्षाअनुसार काम नभएको भन्दै लगातार सरकारको आलोचना गरिरहेका छन् । डा.कोइराला, महामन्त्री गगन थापा, डा.डिला संग्रौला र नैनसिंह महर लगायत नेताहरूले सरकारको कामप्रति सार्वजनिक रूपमै आलोचना गर्ने गरेका छन् ।
नेता कोइरालाले रास्वपा सभापति रवि लामिछानेको पक्राउ गरिएको, सहकारी समस्या समाधानमा सरकार उदासीन भएको, जिल्ला तहसम्म सत्तागठबन्धनको संयन्त्र बनाउने लगायतका विषयमा असन्तुष्टि जनाएका छन् भने काँग्रेस महामन्त्री गगन थापाले पनि सरकारले गति लिन नसकेको ठहराएका छन् ।
काँग्रेस-एमालेको सरकार बनिसकेपछि जुन खालको आशा थियो त्योअनुसार डेलिभरी नभएको बताउँदै आएका छन् । त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महर सरकार जनताको पक्ष र भावना अनुसार चलको अनुभूति कम भइरहको बताउँछन् । त्यस्तै संस्थापन निकट केन्द्रीय सदस्य डा.डिला संग्रौलाको पनि सरकारको कार्यशैली सन्तोषजनक नरहेको टिप्पणी छ ।
आन्तरिक राजनीति तरल बनिरहेकै बेला शक्ति राष्ट्र पनि प्रधानमन्त्री ओलीसँग रुष्ट छ । सोही कारण प्रधानमन्त्री ओलीलाई दक्षिण छिमेकी भारतले अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन । प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री आरजु राणा देउवा दुई पटक दिल्ली पुगेपनि रित्तो हात फर्कनु परेको छ ।
त्यतिमात्र होइन, बीआरआई फ्रेमवर्कमा हस्ताक्षरले अमेरिका पनि रुष्ट छ । उता, चीन पनि बीआरआई फ्रेमवर्कमा किचलो गरेको भन्दै ओलीसँग रुष्ट छ । यस्तो स्थितिमा प्रमुख तीन दलले एकै दिन बैठक राखेपछि विभिन्न आशंका चलिरहेका छन् । यस्तोमा तीन दलले पुस २१ लाई टेक्ने गरि बोलाएका केन्द्रीय समिति बैठकले फेरि राजनीतिक उथलपुथलको आशंका गर्न थालिएको छ ।
यसअघि पनि एमाले, माओवादी र रास्वपा मिलर सरकार बनाइसको छ । जसले गर्दा पनि पुस २१ को बैठकलाई विषेश रुपमा लिइएको छ । ओली नेतृत्वको सरकार लामो समय नजाने र गठबन्धन फेरिने हल्ला व्याप्त छन भने पुस २१ को राजनीतिक साइतले भने नेपाली राजनीतिमा थप शंका उब्जाएको छ ।
नेकपा एमाले – सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पुस २१ र २२ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको छ । एमालेले केन्द्रीय समिति बैठकको मिति पुस २१ र २२ तोकेको छ भने यसमा एमालेले भीम रावलसहितका नेताहरूमाथिको कारबाही अनुमोदनसहित अन्य राजनीतिक निर्णय गर्ने ठानिएको छ । तर, बैठक बोलाइएको समय भने शंकाको घेरामा रहेकाले चर्चा चल्न थालेको छ ।
नेकपा माओवादी केन्द्र – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि पुस २१ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको छ । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक पनि डाकेको छ भने त्यहि बैठकले एजेन्डा तय गर्ने भनिएको छ । आगामी केन्द्रीय कमिटीको बैठकबाटै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा दिने जिम्मेवारीबारे निर्णय गर्ने तयारी माओवादी केन्द्रको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी – सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोपपछि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अनुपस्थितिमा केन्द्रीय समिति बैठक बस्न लागेको छ । रविको थुनछेक बहसपछिको स्थिति र पार्टीबारेका विभिन्न विषयमा केन्द्रीय समितिको विस्तारित बैठकमा छलफल गर्ने भनिएको छ । भने रास्वपाले पनि पुस १९ देखि २१ सम्मलाई नै केन्द्रीय समिति बैठक डाकेको जानकारी दिएको छ ।
रास्वपा सभापति रविको हिरासत यात्रापछि संकटमा छ । यस्तोमा राजनीतिक प्रतिशोधको विषयलाई केन्द्रमा राखेको रास्वपा पछिल्लो समय मौनप्रायः देखिन्छ भने रास्वपा अदालतमा रविविरुद्धको सांसद पदबाट निलम्बनबारे अपिल गर्ने तयारीमा थियो । तर, अन्तिममा न्यायिक प्रक्रियालाई सघाउने भनिरहेको छ । यसले पनि शंकाका घेराहरू निर्माण हुँदै गएका छन् ।
केन्द्रीय समिति कुनै पनि पार्टीको सर्वोच्च निकाय हो । केन्द्रीय समितिले गर्ने निर्णय अन्य तह र निकायले फेरबदल गर्न सक्दैनन् । यसको अपनत्व महाधिवेशनको हललेबाहेक फेरबदल गर्न सक्ने स्थिति हुन्न । माओवादीले सरकार फेर्न विभिन्न प्रस्ताव ल्याएको आरोप कांग्रेस महामन्त्री गगन थापाले पहिले नै लगाइसकेका छन् ।
केन्द्रका उपमहासचिव वर्षमान पुनले फेरि दुबै दलले सरकार फेर्ने प्रस्ताव ल्याउन थालेको आरोप रुकुम पूर्व पुगेर लगाएका छन् । यसकारण पनि केन्द्रीय समितिले गर्ने निर्णय नै सर्वोच्च हुने भएकाले अहिले तीन पार्टीले पुस २१ को साइत छोएर बोलाएको केन्द्रीय समितिको बैठकलाई महत्वका साथ हेरिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं