नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट हटाउने निर्णय गरेको हो । रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको बताइएको छ ।
रावलले पछिल्लो पटक केन्द्रीय कार्यालय भवन निर्माणका लागि व्यापारी मीनबहादुर गुरूङबाट जग्गा र आर्थिक सहयोग लिने निर्णयप्रति विरोध जनाएका थिए । साथै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले पनि यसको विरोध गरेका थिए । त्यसपछि गत ४ कात्तिकमा एमालेले रावल, पाण्डे र तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो ।
पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाए तर रावलले कुनै जवाफ दिएनन् । आजको सचिवालय बैठकले पाण्डे र तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । जिम्मेवारी खोसिएपछि उषाकिरण तिम्सिनाले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल गरेको बताएकी छिन् ।
उनले भनिन्, ‘पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल नगरेको भए हुन्थ्यो ।’ उनले बुधबार बसेको एमाले सचिवालय बैठकले तिम्सिनाको जिम्मेवारी ६ महिनाका लागि खोसेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल नगरेको भए हुने बताएकी हुन् ।
‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तरगत शिवपुरी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु । तल्लो तहका आम कार्यकर्ता , तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ,’ उनले भनेकी छन्, ‘यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायत विरुद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चायतकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं