२०८१ पुस ७ गते, आइतवार, २२ डिसेम्बर २०२४ । पौष कृष्णपक्ष सप्तमी तिथि, १५ः३३ बजेपछि अष्टमी । पूर्वफाल्गुनी नक्षत्र, ८ः०३ बजेपछि उत्तरफाल्गुनी । चन्द्रराशि सिंह, १४ः३६ बजेपछि कन्या ।
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । समयतालिका नमिल्दा योजना भने अधुरै रहनेछ । साँझतिर आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । खर्चिलो काम थाल्नाले बीचमा समस्या पर्न सक्छ । प्रतिस्पर्धीहरू सबल बन्नेछन् ।
समयमा निर्णय नलिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल पनि हुनेछ ।
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । अवसरले उत्साह जगाउने देखिन्छ । साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ । साँझदेखि अरूको मुख ताक्ने बानीले काम रोकिएला । आफ्नै सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्नेछन् । बलभन्दा बुद्धिको उपयोगले काम लिन सकिनेछ ।
सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । साँझदेखि परिस्थिति केही कमजोर बन्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ ।
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय आएको छ । तर अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि अलमल्याउन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।
प्रशस्त लाभ उठाउने समय छ । रोकिएका धेरै काम बन्नेछन् र धनआर्जन पनि राम्रै हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुने योग छ । तर साँझतिर अर्थ संग्रहमा बाधा पुग्नेछ । यात्रा गर्ने अवसर जुट्नेछ । खर्च लागे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आफन्तबाट टाढा भइनेछ ।
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउने चेष्टा गर्नेछन् । चाुनौतीपूर्ण जिम्मेवारी आउने हुँदा परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला । साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झनेछन् । उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ । केही मात्रामा ऋणमोचन हुने सम्भावना छ ।
आजको दिन केही संघर्षमय रहने देखिन्छ । जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ । धेरै समय अरूका लागि खर्चनुपर्ने देखिन्छ । अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ । साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ । पेसाबाट फाइदा हुनेछ ।
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । कमजोर मानसिकताले पछि परिनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । साँझतिर स्थितिमा सुधार आउनेछ । रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ ।
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले मात्र फाइदा उठाउन सकिनेछ । वादविवादमा अघि नसर्नुहोला । अतिथिका रूपमा सम्मान पाइनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ । साँझतिर भने चोटपटकजस्ता आकस्मिक समस्याले सताउन सक्छ । अर्थअभावले काममा पनि बाधा हुने देखिन्छ ।
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । स्वास्थ्य कमजोर हुनाले अध्ययनमा सोचेको प्रगति नहुन सक्छ । आँटेको काम बीचैमा रोकिएला । गुरुजनको सुझाव भने लाभदायी बन्नेछ । साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं