नेपाली कांग्रेस संस्थापनइतर नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै तिक्तता नभएको बताएका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्ताहरूसँगको संवादमा क्रममा उनले यस्तो बताएका हुन् ।
‘उहाँ (शेरबहादुर देउवा) मेरो सभापति र नेता हो । मैले उहाँलाई दाइजस्तै मान्छु,’ शेखरलाई उद्धृत गर्दै कञ्चनपुरका सभापति पदम बोगटीले भने । त्यहाँ शेखरले आफूले सभापति देउवालाई भेटेरै आएको बताएका थिए ।
१५औं महाधिवेशनलाई लिएर देउवा र शेखरबीच दूरी बढेको बताइन्छ । यसअघि कोशी प्रदेशको सम्मेलनमा पनि शेखर सहभागी भएनन् । त्यहाँ देउवाले शेखरबारे आफूलाई जानकारी नभएको बताएका थिए ।
पार्टीको संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका शेखर गगन थापाले साथ छाडेपछि आफ्नै तवरले तयारीमा जुटेका छन् । गगन भने संस्थापन बन्ने दाउमा छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं