२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

प्रधानमन्त्री ओलीलाई चीनमा ‘गार्ड अफ अनर’ (तस्वीरसहित)

सत्यपाटी
सत्यपाटी । बेइजिङ । २०८१ मंसिर १८ गते मंगलबार

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज आयोजित स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराए । चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए । दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।

त्यसपछि हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका हुन् ।

 

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार