मुगुका चार वटै पालिकाका अधिकांश गाउँबस्ती खाली हुँदै गएका छन् । जिल्लामा रोजगारीका अवसर नभएपछि यहाँका युवायुवती रोजगारीका लागि धमाधम भारत जान थालेपछि गाउँबस्ती खाली हुँदै गएका हुन् । छाँयानाथ रारा नगरपालिका–७ का स्थानीय लालबहादुर नेपालीका अनुसार दसैँतिहार लगायतका चाडपर्व सकिएपछि यहाँका युवा रोजगारीका लागि धमाधम छिमेकी देश भारत जान थालेका छन् ।
जसका कारणले अहिले यहाँका गाउँबस्ती खाली हुँदै गएका छन् । उनले भने, ‘जिल्लामा केही रोजगारी मिल्दैन । घरपरिवारको खर्चको जोहो गर्नलाई छिमेकी जिल्ला भारत जानुपरेको छ ।’ यहाँका नागरिक अभियन्ता रूपबहादुर मल्लले जिल्लाका स्थानीय निकायले बेरोजगार सम्बन्धी आर्थिक नीतिको व्यवस्थापन गरे पनि उक्त नीतिले नछोएको उनले बताए ।
जिल्लाका युवायुवतीलाई छिमेकी जिल्ला भारत जानबाट रोक्नलाई विकासका नाममा प्रयोग हुने डोजरलगायतका मेसिन उपकरण प्रयोग बन्द गर्नुपर्ने उनको भनाइ छ । अधिकांश युवा प्रत्येक वर्ष कामको खोजीमा भारत जाने गर्छन् । बेरोजगार युवालाई गाउँमै राख्ने गरी यहाँका स्थानीय निकायले रोजगार दिने योजना अहिलेसम्म नल्याएको सोरु गाउँपालिका–५ का स्थानीय जनकबहादुर रोकायाले बताए ।
जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड र मुगुमकार्मारोङ गाउँपालिका गरी चार वटा स्थानीय तहका ग्रामीण बस्तीबाट सयौँ युवा भारत जाने गरेका छन् । भौतिक पूर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख केशव बस्नेतका अनुसार चालु आवमा जिल्लामा १२ वटा सडकका योजना छन् । उनले भने, ‘श्रमिकबाट योजनाको लागत धेरै आउने भएकाले कम लागतबाट बढी काम गर्न डोजर लगायतका मेसिनको प्रयोग हुँदै आएको छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु