२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

चित्रलेखा यादव बनिन् अस्ट्रेलियाको राजदूत

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ मंसिर ९ गते आइतबार

राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका हुन् ।

बुधबार संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइ सकिएलगत्तै सर्वसम्मतिबाट उनलाई रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यादवलाई गत भदौ २५ मा सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट असोज १६ मा उनको नाम अनुमोदन भएको थियो । यसअघि अष्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता अर्यालको पृष्ठभूमिका समस्या देखिएपछि सरकारले यादवको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर ९ गते आइतबार