सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलर हालसम्मकै महँगो, नेपालमा थपियो अर्काे विदेशी मुद्रा

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । त्यसैगरी अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राहरुको पनि आज मूल्य बढेको छ । युरोको मूल्य भने आज घटेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसा छ । अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा थियो ।

त्यसैगरी आज युरो एकको खरिदर १४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा छ । हिजो युरो एकको खरिदर १४२ रुपैयाँ १५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा थियो । त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा छ ।

हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ६२ पैसा छ । हिजो कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा थियो । त्यसैगरी बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५९ रुपैयाँ ४९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा थियो ।

नेपालमा थपियो अर्काे विदेशी मुद्रा ओमानी रियाल

नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएका छन् । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची :

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.90 135.50
eur (European Euro)
1 142.04 142.67
gbp (UK Pound Sterling)
1 170.62 171.38
chf (Swiss Franc)
1 152.71 153.38
aud (Australian Dollar)
1 88.00 88.39
cad (Canadian Dollar)
1 96.63 97.06
sgd (Singapore Dollar)
1 100.44 100.89
jpy (Japanese Yen)
10 8.73 8.77
cny (Chinese Yuan)
1 18.63 18.71
sar (Saudi Arabian Riyal)
1 35.93 36.09
qar (Qatari Riyal)
1 37.00 37.17
thb (Thai Baht)
1 3.89 3.91
aed (UAE Dirham)
1 36.73 36.89
myr (Malaysian Ringgit)
1 30.21 30.35
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 12.25 12.30
dkk (Danish Kroner)
1 19.04 19.13
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 438.67 440.62
bhd (Bahrain Dinar)
1 357.90 359.49
omr (Omani Rial)
1 350.37 351.93

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ०७:३९

लोकप्रिय