सूचनाको शक्ति - The Power Of Information

        

समय-सन्दर्भ

नेपालमै बसौं, नेपालमै पढौं

कोशिष गर्‍यौ भने यहीँ उद्धमशीलता विकास गर्न सकिन्छ ।

संसारमा बसाइको लागि सस्ता देशमा नेपाल अग्रणीमा छ । शान्ति सुरक्षाको हिसाबले पनि नेपाल सुरक्षित छ । नेपाल सानो देश भए पनि हिमाल, पहाड र तराइको बिविधयातुक्त छ । यो बिविधता अनुसार उत्पादनको बिविधता छ । नेपालमा भारतीयदेखि धेरै देशका व्यापारीले ब्यापार गरेर बसेका छन् । स्वास्थ्य तथा शिक्षाको हिसाबले पनि नेपाल राम्रो छ ।

कमाइको हिसाबले कुनै ब्यापार, कृषि, पशुपंक्षी पालन, चिया, कफी, फलफूल, तरकारी आदिमा राम्रो स्कोप छ । हाम्रा जमिन उर्वर छन् । यदि काम सानो ठूलो नभन्ने हो भने बेरोजगार बस्नुपर्दैन । नेपालबाट अर्बौंको रेमिटेन्स भारतमा जान्छ । हामीले भारत, चीन लगायत देशबाट खर्बौंको उपभोग्य सामान किन्छौं । यी क्षेत्र पहिचान गरेर काम गर्ने हो भने त्यो पैसा नेपालमै रोक्न सकिन्छ ।

तसर्थ निरास भएर देश छोड्नुपर्ने कारण छैन । बिदेशमा सिकेका सीप, तालिम र अनुभव यहाँ लगानी गर्ने हो भने आधुनिक ब्यवसाय सञ्चालन गर्न सकिन्छ । राजनैतिक तथा प्रशासनिक बेथितिलाई निरुत्साहित गर्न सकिन्छ । तसर्थ स्वदेशमै पढ्ने तथा स्वदेशमै इलम गर्ने सोंच हुने हो भने यहाँजस्तो सुन्दर हावापानी, शान्तिपूर्ण बसाइ अन्यत्र नहुन सक्छ ।

१२ कक्षा पढेपछि धेरै बिषयमा ब्याचलर र पछि मास्टर गर्न सकिन्छ । नेपाली विद्यार्थीहरु जुनसुकै देशमा गए पनि राम्रो मानिन्छ । शिक्षालाई प्रविधि र व्यवसायमा जोड्ने हो भने बाहिर पढ्नुपर्छ भन्ने छैन । कोशिष गर्‍यौ भने यहीँ उद्धमशीलता विकास गर्न सकिन्छ । आफ्नो परिवार र समाजमा बसेर जीवन बिताउनु ठूलो भाग्य हो । देश हामीले नबनाए कसले बनाउने ? हाम्रो देशमा हामी नबसे को बस्ने ?

स्रोत : लेखकको फेसबुकबाट
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार ०९:०७

लोकप्रिय