सूचनाको शक्ति - The Power Of Information

        

हर्क सम्पाङले गरे पार्टी खोल्ने घोषणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफैं नेतृत्वको पार्टी खोल्ने घोषणा गरेका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जाल फेसबुमा आफ्नो धारणा राख्दै सो जानकारी दिनका हुन् । उनले लेखेका छन्, ‘अब म मेरै नेतृत्वमा पार्टी खोल्छु । मेरो पार्टीमा आउने जतिले नाम लेखाउनू । ८४ मा बहुमत दिनू । यो देश म बाहेक अरुले बनाउन सक्दैन । सुन्दा घमण्डी र अस्वभाविक लाग्छ, तर गफ गर्ने र गफ सुन्नेहरुको माझमा काम गर्नेको कुरा खस्रै लाग्छ । बुद्धि पुराउनु नत्र दुख पाइएला नेपाली हो । पछि पछुताउनुपर्ला । कुरा यति ।’

मेयर साम्पाङले प्रत्यक्ष लाइभमार्फत वर्षैवर्ष पार्टीको झण्डा बोक्ने र झण्डा किन बोको अर्थ थाहा नहुनेलाई ठुटे नेता भनिने भन्दै धराने जनता त्यसको पछाडि लाग्न नहुने बताए । उनले भने, ‘तपाइहरुले यसो हेर्नुहुन्छ । शहर त राम्रै देखनुहुन्छ, राम्रै राम्रै घर बनेको छ । बाटो पनि राम्रो छ । यो सबै हामीले बगाएको रगत पसिनाको कमाइ हो । यो हामीले देशमा आर्जेको सम्पत्ति हो र ? हामीलाई यहाँ भात खान विदेशीको ट्वाइलेट सफा गर्न जाने बाध्यता कसको कारणले भयो ? के भएर भयो ? भन्दा यो देशको राजनीति ठीक भएन ।’

उनले लाइभमार्फत भनेका धारणा

मेरो आवाज सुन्ने यहाँ कसैले आएर मलाई यहाँ भन्नुहुन्छ । पार्टीको परिभाषा सोध्छु । पार्टीको सिद्दान्त सोध्छु । त्यो सिद्धान्त अन्तर्गत तपाइको समाजको रुपान्तरणको प्रक्रिया के हो ? त्यो विधि के हो ? त्यो सोध्छु । आउाछ तपाइहरुलाई ? हावामा त्यत्तिकै झण्डा बोकेर कुद्दिने ? झण्डा मात्र बोकेर हिड्ने मान्छे झण्डा २५ वर्षसमम बोकेको छ, त्यसको अर्थ अझै थाहा छैन, त्यस्ताो व्यक्तिलाईभ नछ, ठुटे नेता ।

ठुटे नेताको पछाडि धराने जनता लाग्नुहुँदैन । टुठे नेताहरुको पछाडिढ धरान लागेकै कारणले आज खानेपानी सम्म छैन । तपाइहरुले यसो हेर्नुहुन्छ। शहर त राम्रै देखनुहुन्छ, राम्रै राम्रै घर बनेको छ । बाटो पनि राम्रो छ । यो सबै हामीले बगाएको रगत पसिनाको कमाइ हो । यो हामीले देशमा आर्जेको सम्पत्ति हो र ? हामीलाई यहाँ भात खान विदेशीको ट्वाइलेट सफा गर्न जाने बाध्यता कसको कारणले भयो ? के भएर भयो ? भन्दा यो देशको राजनीति ठीक भएन ।

यो देशको राजनीति के भएर ठीक भएन, भन्दा हामीले भोट हाल्न जानेनौं नि त । खाली चुनाव हुन्छ, पार्टीको चुनाव चिन्हलाई भोट हाल्यो, आयो । निर्जिव चुनाव चिन्ह भनेको नक्सा मात्र हो । नक्साले काम गर्ने हो र ? नक्साले काम गर्ने हो भने चौबाटोमा ठूलो सूर्य बनाउनु । अनि एक महिना पर्खेर बस्नु, त्यसल्ले काम गर्छ कि गर्दैन, हेर्नु । त्यसको पल्लो पर्टी ठूलो रुख बनाउनु पल्लो पटी, त्यसल्ले छ महिनापछि काम गर्छ, गर्दैन हेर्नु ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार ०८:५७

लोकप्रिय