२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

बाँके जिल्ला प्रशासनकै वाटर प्युरिफायर मेसिन अलपत्र

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ मंसिर १ गते शनिबार

 

जिल्ला प्रशासन कार्यालय बाँकेको मुल ढोकामै अलपत्र अवस्थामा रहेको उच्च प्रविधिको वाटर प्युरिफायर मेसिन । उक्त मेसिन बाँकेको डुडुवा गाउँपालिकाले धमिलो पानीलाई पनि पिउन योग्य बनाउने, इच्छा अनुसार तातो, चिसो वा सामान्य पानी पिउन मिल्ने उक्त मेसिन सेवाग्राहीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने भन्दै हस्तान्तरण गरेको थियो ।

प्रमूख जिल्ला अधिकारी मात्रै होइन दैनिकजसो कार्यालयका सबै कर्मचारीको नजर ठोक्किने उक्त मेसिन मर्मतमा प्रजिअदेखि कार्यालयका कुनै पनि कर्मचारीलाई चासो छैन । बेवारिसे अवस्थामा रहेको लाखौं मूल्यको उक्त मेसिन मर्मत नहुँदा काम नलाग्ने अवस्थामा पुगेको छ । तस्वीर : सत्यपाटी

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार